आसकोटे बकुल्ला, बकुल्लो प्रजातिको एक सानो चरा हो। यस सुन्दर चराको प्वाँख सेतो र माटो रङ्गको हुन्छ र यसको ढाडको पछाडिपट्टि खैरो धर्सा हुन्छ भने यसको चुच्चो पहेँलो हुन्छ र चुच्चोको सबैभन्दा तल्लो भाग कालो रङ्गको हुन्छ। यो चरा पुर्व जगत (पहिलाको अफ्रिका , युरोप र एसिया) बाट उत्पत्ति भएको थियो जहाँ यसले दक्षिणमा इरान देखि पुर्वमा पाकिस्तान, भारत, बर्मा, बङ्गलादेश, र श्रीलङ्कामा प्रजनन गर्दथ्यो। यसको अर्को महत्त्वपूर्ण तथ्य के हो भने, प्रजनन ऋतुमा वा मार्च देखि सेप्टेम्बर महिना सम्ममा यसको खुट्टाको रङ्ग हरियोबाट परिवर्तन भई पहेँलो हुने गर्दछ। केही चराहरूको भने रातो खुट्टा हुने गर्दछ, दक्षिणी र पश्चिमी भारतका ठाउँहरूमा यस्ता रङ्ग भएका चराहरू २ प्रतिशत मात्रै पाइएको तथ्याङ्क रहेको छ। अधिकाङ्श समयमा यो शान्त बस्दछ तर यसले भ्यागुताले ट्यार ट्यार गरेर कराएको जस्तो आवाज पनि निकाल्ने गर्दछ। यो सानो हुने भएकाले टाढाको दूरीमा रहेको यस पंक्षीलाई आँखाले ठम्याउन गार्हो पर्दछ। यसको शत्रुलाई छक्काउने वा भ्रममा पार्ने शैली उत्कृष्ट रहेको छ। यस चराको हामी नजिकै गएमा मात्रै उड्ने गर्दछ। उक्त व्यावहारले गर्दा यो पंक्षीले आँखा कम देख्ने वा अन्घो रहेको विश्वास गरिएको छ। [२][३]
यस पंक्षी हेर्दा खेरी पुड्को देखिन्छ। यसको रानो घाँटीको साथै यसको चुच्चो बाक्लो हुन्छ भने यसको पछाडिको भाग भने खैरो रङ्गको हुन्छ। गृष्म ऋतुमा वयस्कहरूको घाँटीको प्वाँख लामो हुन्छ। यसले उडान भरेको बेलामा पखेटाको सेतो भाग देखा पर्छ त्यसैले यसको खैरो रङ्ग बदलिँन्छ र हेर्दा खेरी फरक किसिमको देखिन्छ।
प्रजनन मौसमको बेलामा, राता खुट्टा भएका आसकोटे बकुल्ला पनि पाइएका छन्। राता खुट्टा भएका चराहरूको सङ्ख्याले यो सुझाव दिँदैनन् कि यो प्रजननको समयमा वयस्कहरूको लागि एक सामान्य परिवर्तन हो।[४][५][६][७]
यो चरा एक धेरै ठूलो दायरामा पाइन्छ। यो बङ्गलादेश, भारत, भूटान, श्रीलङ्का, पाकिस्तान, म्यानमार र नेपाल सहित धेरै भारतीय उपमहाद्वीपका क्षेत्रहरूमा भेटिन्छ। यो इरान, ओमान, संयुक्त अरब इमिरेट्स र पश्चिममा माल्दिभ्स, पूर्वी क्षेत्रमा थाइल्याण्ड र भियतनाममा पनि पाइन्छन्। यो कहिलेकाहीँ सेसेल्समा पनि देखा परेको थियो तर कुवेतबाट भने लोप भएको थियो।
यो चरा भारतमा प्रसस्त मात्रामा पाइन्छ। यस पंक्षी प्राय: एकान्तमा आहारा खाने गर्दछ तर सुक्खा मौसममा यसको समूह कहिलेकाहीँ एकैठाउँमा आहारा खाने गर्दछन्।[८]
सानो भिजेको वा अोसिलो (हिले) ठाउँमा सिकार प्रसस्त मात्रा भएमा यस चराहरूले सानो समूहको निर्माण गर्दछन्। यस समूहले खानेकुराहरू थुपार्ने काम पनि गर्दछन्। सुख्खा मौसममा, यिनिहरूले कहिलेकाहीँ पानी भएको ठाउँ वा घाँसेमैदानहरूमा पनि खाने कुरा थुपार्ने गर्दछन्। थुपार्ने क्रममा चराहरूले सानो दूरी मात्रै तय गर्दछन्। यिनिहरू कहिलेकाहीँ समूहमै, रूख वा व्यस्त सहरी क्षेत्रहरूमा पनि बास बस्ने गर्दछन्।[९]
आसकोटे बकुल्लाको प्रमुख खाने ठाउँ भनेको हिले ठाउँनै हो। यसले प्रायः पोखरीको किनारामा भोजन गर्ने गरेता पनि यसले तैरिएका फुलहरूको जस्तै जलकुम्भी पनि प्रयोग गर्ने गरेको छ। त्यसो गर्नाले यसले आफ्नो शरिरमा प्रसस्त मात्रामा पानी पुर्याउने गर्दछ। यो कहिलेकाहीँ पानीमा तैरने, पानी मुनि पनि जाने र माछा पकड्ने गर्दछ भने यसले हावामा उफ्रिएका माछाहरू पनि समात्ने गर्दछ।[१०][११][१२][१३][१४] [१५] यसले उड्दै र पानीमा फड्को मार्दै माछा समातेको पनि अवलोकन गर्न सकिन्छ।[१६] कहिलेकाहीँ यो तल्लो भागबाटै उड्दै माछा र भ्यागुताहरू किनारमा तान्ने गर्दछ। यस चराले केही रोटीका टुक्राहरू पानीमा खसाल्दै माछाहरूलाई लोभ्याउने गर्दछ।[१७]
यसको प्राथमिक भोजन भनेको पानीमा बस्ने किरा, माछा, चेपाकाँडा, र कहिलेकाहीँ जुका पनि हो।[१८] हिले क्षेत्रबाट बाहिर यसको खाना फटयाङ्ग्रा, गाइँनेकिरो, किरा, उभयचर, मौरी आदि पर्दछन्।[१९][२०][२१]
यो चरा बिस्तारित दायरामा पाइन्छ। यो नदी, खोला, हिले ठाउँ, दलदल, भरनाका क्षेत्र र धानको बारीमा पनि पाइन्छ। यो विकसित सहरी क्षेत्र र जनसङ्ख्या धेरै भएको ठाउँहरूमा पनि भेटिन्छन् उदाहरणका लागि आसकोटे बकुल्ला सहर र नगरहरूमा पाइन्छन्। यो तल्लो भागमा रहन रूचाउँछ तर यो उच्च क्षेत्रहरूमा पनि पाइन्छ जस्तै भारतको निलगिरी पहाडमा जुन चाहीँ समुन्द्री सतहबाट २,१५० मिटरमा अवस्थित छ।
यसको प्रजनन वर्षा ऋतुसँगै सुरु हुन्छ। यसले अरू हिलोमा हिड्न सक्ने चराहरूसँग सानो समूहमा गुँड लगाउने गर्दछ। यसले प्रायः रूख र झाडिहरूमा गुँड लगाउँछ। यसले ९ देखि १० मिटर सम्म पातहरूको प्रयोग गरि गुँड लगाउँछ। यसलाई चाहिने सामग्रीहरू भालेले खोज्दछ भने गुँड चाहिँ पोथीले लगाउने गर्दछ। यसले ३ देखि ५ वटा सम्म अण्डा पार्दछ।[२२] अण्डाहरूबाट चल्ला १८ देखि २४ दिनमा निस्कन्छन्।[२३] भाले र पोथी दुबैले बच्चाहरूलाई खुवाउने गर्दछन्। यसको प्रमुख खाना माछा हो।[८] वितरित नभएका क्षेत्रहरू अर्को वर्ष प्रयोगमा आउन सक्छन्।[२४]
आसकोटे बकुल्लाको चाल चेन्नईको तटिय क्षेत्रमा रातिको समयमा अवलोकन गरिएको थियो [२५]
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) आसकोटे बकुल्ला, बकुल्लो प्रजातिको एक सानो चरा हो। यस सुन्दर चराको प्वाँख सेतो र माटो रङ्गको हुन्छ र यसको ढाडको पछाडिपट्टि खैरो धर्सा हुन्छ भने यसको चुच्चो पहेँलो हुन्छ र चुच्चोको सबैभन्दा तल्लो भाग कालो रङ्गको हुन्छ। यो चरा पुर्व जगत (पहिलाको अफ्रिका , युरोप र एसिया) बाट उत्पत्ति भएको थियो जहाँ यसले दक्षिणमा इरान देखि पुर्वमा पाकिस्तान, भारत, बर्मा, बङ्गलादेश, र श्रीलङ्कामा प्रजनन गर्दथ्यो। यसको अर्को महत्त्वपूर्ण तथ्य के हो भने, प्रजनन ऋतुमा वा मार्च देखि सेप्टेम्बर महिना सम्ममा यसको खुट्टाको रङ्ग हरियोबाट परिवर्तन भई पहेँलो हुने गर्दछ। केही चराहरूको भने रातो खुट्टा हुने गर्दछ, दक्षिणी र पश्चिमी भारतका ठाउँहरूमा यस्ता रङ्ग भएका चराहरू २ प्रतिशत मात्रै पाइएको तथ्याङ्क रहेको छ। अधिकाङ्श समयमा यो शान्त बस्दछ तर यसले भ्यागुताले ट्यार ट्यार गरेर कराएको जस्तो आवाज पनि निकाल्ने गर्दछ। यो सानो हुने भएकाले टाढाको दूरीमा रहेको यस पंक्षीलाई आँखाले ठम्याउन गार्हो पर्दछ। यसको शत्रुलाई छक्काउने वा भ्रममा पार्ने शैली उत्कृष्ट रहेको छ। यस चराको हामी नजिकै गएमा मात्रै उड्ने गर्दछ। उक्त व्यावहारले गर्दा यो पंक्षीले आँखा कम देख्ने वा अन्घो रहेको विश्वास गरिएको छ।