भारतीय ब्वाँसो खैरो ब्वाँसो प्रजातिको उपप्रजातिको वर्णमा पर्ने एक प्रकारको ब्वाँसो हो जसको बासस्थान दायरा दक्षिणपश्चिम एसिया देखि भारती उपमहादेश सम्म फैलिएको छ। यो तिब्बती र अरबी ब्वाँसको बीच आकारको एक मध्यवर्ती ब्वाँसो हो भने यो जीव प्रायः गर्मी क्षेत्रमा बस्ने भएकाले यसको शरीरमा बाक्लो भुत्लाहरू हुँदैनन्। भारतीय ब्वाँसो भारत र अन्य अरब देशहरू जस्तै पाकिस्तान, इराक, इरान र संयुक्त अरब इमिरेट्समा भेटिन्छन्। यस प्रजातिको ब्वाँसोको मुख्यतया हल्का खैरो र हल्का रातो रङ्गको शरीर हुन्छ जसकारण यो जनावरलाई स्याल भनि भ्रममा पर्ने सम्भावना उच्च छ। यो ब्वाँसो सामान्यतया सानो हुन्छ जसको कुल लम्बाई ३ फिट हुन्छ भने यसको शरीरमा कम बाक्लो भुत्ला हुन्छ। यस प्रजातिका ब्वाँसोहरू सामान्यया न्यानो ठाउँमा बसोबास गर्छन्। भारतीय ब्वाँसोलाई सर्वप्रथम सन् १८३१ मा बेलायती प्रकृतिविद् हेनरी साइक्सले वर्णन गरेका थिए भने सन् १९४१ मा यसलाई अर्का प्रकृतिविद् रिगानर्ड पोककले अर्को प्रजातिमा वर्गीकरण गरेका थिए।
भारतीय ब्वाँसोको शारीरिक बनावटको संरचना युरोपेली ब्वाँसोको जस्तै हुन्छ तर यसको उचाइ तथा आकार युरोपेली ब्वाँसोको भन्दा हल्का सानो र शरीर भुत्ला पनि कम हुन्छ।[१] अरबी ब्वाँसोको जस्तै यी ब्वाँसोको पनि छोटो भुत्ला हुन्छ। भारतीय ब्वाँसो अन्य ब्वाँसो प्रजातिको जस्तै भुक्ने तथा कराउने गर्दछ, यद्यपि यसले विरलै यस्तो आवाज निकाल्छ। यस प्रजातिका ब्वाँसोहरू मरुभूमि जस्तो सुख्खा क्षेत्रमा पनि बाँच्न सक्दछन् भने यीनिहरू भारतमा सुख्खा क्षेत्रमा देखा पर्दछन्।[२][३][४] यस प्रजातिका ब्वाँसोहरू मुख्यतया खुला भूमिमा घुम्ने गर्दछन्। भारतीय ब्वाँसोहरू गुजरातमा पनि पाइन्छन्। यस प्रजातिको ब्वाँसोले सामान्यतया मध्य अक्टुबरदेखि डिसेम्बरको अन्तसम्म प्रजनन गर्ने गर्दछ। यस जनावरले हरिन, खरायो आदिको सिकार गर्दछ। सिकार गर्ने क्रममा मृगलाई भ्रममा पार्नका लागि यसले समूहमा सिकार गर्ने गर्दछ। जबसम्म साना बच्चाहरू सिकार गर्ने परिपक्व हुदैनन् ती साना बच्चालाई पुरै समूहले हेरचाह गर्न मद्दत गर्दछ भने माउ ब्वाँसो बच्चाका लागि खाना खोज्न जाने गर्दछ।[५] सिकार गर्ने क्रममा एक ब्वाँसोले निरिक्षणको रूपमा काम गर्छ भने अर्कोले पछिल्तिरबाट आक्रमण गर्दछ। भारतीय ब्वाँसोको सुनौलो स्याल, स्लोथ भालु, चितुवा, खैरो भालु, सिंह र बाघको बासस्थान दायरा भित्र पर्दछ।
यस प्रजातिको ब्वाँसोको सङ्ख्या ३,००० रहेको अनुमान गरिएको छ। यस प्रजातिको ब्वाँसोलाई जय समन्द आरक्ष केन्द्रमा सुरक्षा दिइएको छ।[६] मुख्यतया भारतीय ब्वाँसाहरूको खराब प्रतिष्ठा र बासस्थान दायराको खराब अवस्थाका कारण संरक्षण प्रयासहरू प्रभावकारी हुन गाह्रो भैरहेको छ। भारतीय ब्वाँसोको बासस्थान दायरा भित्र पर्ने क्षेत्रमा बस्ने बासिन्दाहरूसँग लामो समयदेखि द्वन्द्वमा चलिरहेको छ। भारतीय ब्वाँसोले घरपालुवा जनावर सिकार गर्ने भएकाले यसलाई कहीँकतै स्थानीय मानिसहरूले मार्ने गरेका छन्।[७] यस प्रजातिको ब्वाँसोले मानिसको बासस्थान क्षेत्रमा प्रवेशगरि बालबालिकालाई मार्ने गरेको देखिएको छ विज्ञहरूले यसलाई तिनीहरूको प्राकृतिक वासस्थान र सामान्य वातावरणमा खानाको अभावको लागि श्रेय दिएका छन्।
सन् १८७८ मा भारतीय ब्वाँसोले भारतको उत्तर प्रदेशमा ६२४ मानिसहरूको सिकार गरेका थिए भने सोही वर्ग बङ्गालमा पनि १४ मानिसहरूको भारती ब्वाँसोको आक्रमण द्वारा मृत्यु भएको थियो। सन् १९९० मा भारतीय ब्वाँसोको आक्रमणमा परि मध्य प्रदेशमा २८५ स्थानीय मानिसहरूको मृत्यु भएको थियो।[८] सन् १९१० देखि १९१५ को बीचमा ११५ बालबालिकाहरू हजारीबाघमा भारतीय ब्वाँसोको सिकार बनेका थिए भने सोही क्षेत्रमा सन् १९८० देखि १९८६ मा १२२ बालबालिकाहरू ब्वाँसोको सिकार बनेका थिए। मार्च २७, १९६६ देखि १ जुलाई १९९६ सम्म भारतको उत्तर प्रदेश स्थित जानुपुर, प्रतापगढ र सुल्तानपुर भारतीय ब्वाँसोको आक्रमणमा परि २१ बालबालिकाको मृत्यु भएको थियो भने १६ गम्भीर घाइते भएका थिए।