dcsimg

वन चाहा ( Nepali )

provided by wikipedia emerging languages

वन चाहा नेपालमा पाइने चाहाको एक प्रजाति हो। यो चरा नेपाल लगायत एसियाका देशहरूमा पाइने गर्छ। यसलाई अङ्ग्रेजीमा वुड स्नाइप ( Wood Snipe) भनिन्छ।

विबरण

वन चाहासँग मिल्दाजुल्दा चरामा ठूलो चाहा र भार्का चाहा पर्दछन्। यसको ठूलो चाहाभन्दा भद्दा र ठाडो उडान साथै चौडा पखेटाहरू हुन्छन्। यसको ठोँड सापेक्षिक रूपमा छोटो चौडाफेद भएको हुन्छ। वन चाहा भार्का चाहाभन्दा मोटो चिन्ह भएको जसको टाउकाको धर्सा मैलो र कालो कालो तथा कालो कालो पिठ्यु र काँधको प्वाँखमा चौडा मैला धर्साहरू र न्यानो मैलो घाँटी र छाती जसमा खैरा ठाडा धर्काहरू हुन्छन्। खुट्टाहरू हरियो हरियो हुन्छन्। हावामा प्रदर्शन गर्दा, चौडा वृत्तकारमा उड्दै, एउटा नाके चे-डेप, चे-डेप, चे-डेप, इप्-इप्-इप्, ओक, ओक बोली निकाल्छ।

वितरण तथा वासस्थान

वन चाहा नेपाल लगायत एसियाका देशहरू भारत, दक्षिण चीन तथा भुटानमा पाइने गर्छ। यो चरा श्रीलङ्का, बङ्गलादेश, म्यानमार, लाओस, र भियतनामका केही स्थानमा पनि पाइने गर्छ। यो चरा नेपालको सन्दर्भमा लाङ्टाङ् तथा सगरमाथा राष्ट्रिय निकुञ्जमा पाइने गर्छ। यो प्रजाति गृष्ममा ३६५० देखि ४९०० मी. सम्म र हिँउदमा ७५ देखि ३०५० मी. सम्मको उँचाइमा पाइने गर्छ। यसले ३००० मिटर (९८०० फिट) माथीको उचाइमा पाइने हिमाली खर्क पुड्का बुट्यानहरूमा बच्चा कोरल्ने गर्छ। हिँउदको समयमा वनका कक्ष भूमितिर झर्दछ।

खतरा तथा संरक्षण अवस्था

वन चाहा संरक्षणका हिसाबले विश्वमा संवेदनशील अवस्थामा रहेको छ वासस्थानको विनास तथा अवैध शिकारको कारण यो चरा खतरामा परेको हो।

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

वन चाहा: Brief Summary ( Nepali )

provided by wikipedia emerging languages

वन चाहा नेपालमा पाइने चाहाको एक प्रजाति हो। यो चरा नेपाल लगायत एसियाका देशहरूमा पाइने गर्छ। यसलाई अङ्ग्रेजीमा वुड स्नाइप ( Wood Snipe) भनिन्छ।

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू