dcsimg

लामो पुच्छ्रे कोइली ( Nepali )

provided by wikipedia emerging languages

लामो पुच्छ्रे कोइली कोइली प्रजातिको पन्छी हो जसले ग्रीष्म र वर्षा ऋतु न्यूजील्याण्डको बिताउँछ। यस प्रजातिको पन्छीहरू घना जङ्गमा बसोबास गर्ने हुनाले यिनलाई नजिकबाट निहाल्न कठिन हुन्। उड्ने क्रममा यी पन्छीहरूले यसको लामो पुच्छर फिँजाउने गर्दछ भने यसले ज‍डीलाई बोलाउनका लागि ठूलो स्वर निकाल्ने गर्दछ। यी पन्छीहरूले न्युजील्याण्डमा मात्र प्रजनन गर्ने गर्दछन्। यो पन्छीको मुख्य आहारा भनेको अन्य चराको अण्डा र किराहरू हुन्। यस पन्छीले अन्य चराको गुँडमा गई अण्डा पार्ने गर्दछ।[२]

पहिचान

लामो पच्छ्रे कोइली न्युजिल्याण्डमा पाइने दुई ठूला साधारण कोइली प्रजाति मध्ये एक हो। एक वयस्क पहेँलो पुच्छ्रे कोइलीको लम्बाई ४० सेण्टिमिटर हुन्छ भने यसको अौषत तौल १२५ ग्राम हुन्छ। यस पन्छीको शरीरको माथिल्लो भाग छिर्केमिर्के खैरो र फितलो पहेँलो हुन्छ भने यसको शरीरको पुरै भागमा धब्बाहरू देख्न सकिन्छ। वयस्कहरूको पछाडीको भाग र काँधमा गाढा खैरो रङका हुन्छन् भने यसको शरीरमा रातो-खैरो र छिर्केमिर्के धर्साहरू परेका हुन्छन्। यस पन्छीको चल्लाहरूको भने पछाडि भाग गाढा खैरो रङको हुन्छ र शरीरमा असाङ्ख्य ठूला गोलाकार सेता रङका दागहरू हुन्छन्। वयस्कहरूको शरीरको तल्लो र पेटको भागमा गाढा खैरो अनुदैर्ध्य रेखाको साथ सेतो रङको हुन्छ। यस प्रजातिका पन्छीको चल्लाहरूको तल्लो भाग फिक्का खैरो रङ र गाढा खैरो अनुदैर्ध्य रेखाहरू सामान्यतया वयस्कहरूको भन्दा फितलो हुन्छन्। यस पन्छीको भाले र पोथी जाति लगभग एकै दिखिन्छन्। यी पन्छीहरूले दुवै रात र दिनको समयमा आवाज निकाल्ने गर्दछन्। उड्दा खेरी यी पन्छीहरू बाज जस्तै देखिन्छन्। न्युजिल्याण्डमा पाइने बाजको यी पन्छीहरूको पुच्छर भन्दा तुलनात्मक रूपमा छोटो पुच्छर हुन्छ (शरीरको लम्बाई भन्दा कम)।[३] बाजको बलियो र घुम्रिएको पहिलो ठुँड हुन्छ। युवा बाजको गाढा खैरो प्वाँख हुन्छन् र युवा बाज लामो पुच्छ्रे कोइलीको साथ भ्रमित हुन सक्ने सम्भावना छैन।

बासस्थान र वितरण

लामो पुच्छ्रे कोइली अन्य क्षेत्रबाट न्युजिल्याण्डका लगभग सबै क्षेत्रहरूमा बसाइँसराइ गर्ने गर्छन्। यी पन्छीहरू बसन्त, शरद र ग्रीष्म ऋतुमा प्रजनन क्षेत्रमा वरपरका क्षेत्रहरूमा फेला पर्दछन्। यी पन्छीहरू सामान्यतया खेतीको लागि प्रयोग गरिएको जमिन र सहरमा क्षेत्रहरूमा उपलब्ध हुन्छन्। यी पन्छीहरू नियमित रूपमा राउल टापु (केर्माडेक टापु) मा देखा पर्दछन् र कहिलेकाँही चाटम टापुमा पनि देखा पर्छन्। हिउँद ऋतुमा यी पन्छी प्रशान्त टापुको चापमा पश्चिममा पलाउ (माइक्रोनेसिया) देखि पूर्वमा हेण्डरसन टापु सम्म ११,००० किलोमिटर क्षेत्रफलमा फैलिएको बसेका हुन्छन्। यी पन्छीहरूलाई अष्ट्रेलिया वा न्यु गिनी मुख्य टापुमा भने फेला पारिएको छैन।[४]

व्यवहार

लामो पुच्छ्रे कोइली मध्यम-आकारको चरा हो जसले दिउँसो र रात दुवैको समयमा राम्रोसँग देख्न सक्छ। यस पन्छीको चुच्चे हल्ला घुम्रिको र बलिया हुन्छन् भने यी पन्छीहरू एकदमै चाँडै आक्रमक हुन्छन्। बसाइँसराइका बेला यस पन्छीले रातको समयमा पनि आवाज निकाल्ने गर्दछ। लामो पुच्छ्रे कोइली प्राय: सेप्टेम्बर वा अक्टोबरमा पहिलो पटक देख्न वा सुन्न सकिन्छ भने यी पन्छीहरू छोटो अवधिमै देशभरको वन क्षेत्रहरूमा फैलिन्छन्।[५][६] यस पन्छीले वर्षको नोभेम्बर देखि डिसेम्बर सम्म अन्य पन्छीको गुँडमा अण्डा पार्ने गर्छ र त्यसपछि वयस्क कोइलीहरूले प्रजननमा कुनै थप भाग लिदैनन्। यस प्रजातिका वयस्क पन्छीहरू फेब्रुअरी र मार्चमा महिनामा बसाइँसराइ गर्छन्। हाल सम्म लामो पुच्छ्रे कोइलीको प्रजननको बारेमा कुनै विस्तृत अध्ययन गरिएको छैन भने अण्डा र युवा कोइलीको पनि धेरै विवरण राम्रोसँग खुलेका छैनन्।[७]

आहारा

लामो पुच्छ्रे कोइलीले मुख्यतया सिकाडास, वेटा र किराहरूको साथै ठूलो प्रजातिको हाड नभएको प्राणीको सिकार गर्ने गर्छन्। यी पन्छीहरूले अन्य पन्छीको अण्डा चोरी गरि खाने गर्छन्।

खतरा र संरक्षण

पहेँलो टाउके भँगेराको जस्तै पहेँलो पुच्छ्रे कोइलीको सङ्ख्यामा पनि गिरावट आएको छ।

सन्दर्भ सामग्री

  1. "Urodynamis taitensis", International Union for Conservation of Nature and Natural Resources, अन्तिम पहुँच २०१४-१२-३१
  2. Sorenson, Michael D.; Payne, Robert B. (2005). "A molecular genetic analysis of cuckoo phylogeny". In Payne, Robert B. The Cuckoos. Oxford University Press. p. 93. आइएसबिएन ०-१९-८५०२१३-३.
  3. Gill, B.J.; Hauber, Mark E. (२०१२), "Piecing together the epic transoceanic migration of the Long-tailed Cuckoo (Eudynamys taitensis): an analysis of museum and sighting records", Emu - Austral Ornithology 112 (4): ३२८, डिओआई:10.1071/MU12022
  4. "लामो पुच्छ्रे कोइलीको विवरण", एनजेड बर्डस् अनलाइन
  5. Crowe, Andrew (2018). Pathway of the Birds: The Voyaging Achievements of Māori and their Polynesian Ancestors. Auckland: David Bateman Ltd. pp. 106, 149, 150.
  6. Taonui, Rāwiri (8 February 2005). "Canoe navigation – Locating land" (enमा). Te Ara – the Encyclopedia of New Zealand. https://teara.govt.nz/en/canoe-navigation/page-3. अन्तिम पहुँच मिति: 30 June 2019.
  7. Cunningham, J.M. (1985). "Long-tailed Cuckoo". Reader's Digest Complete Book of New Zealand Birds. pp. 255. .
license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू

लामो पुच्छ्रे कोइली: Brief Summary ( Nepali )

provided by wikipedia emerging languages

लामो पुच्छ्रे कोइली कोइली प्रजातिको पन्छी हो जसले ग्रीष्म र वर्षा ऋतु न्यूजील्याण्डको बिताउँछ। यस प्रजातिको पन्छीहरू घना जङ्गमा बसोबास गर्ने हुनाले यिनलाई नजिकबाट निहाल्न कठिन हुन्। उड्ने क्रममा यी पन्छीहरूले यसको लामो पुच्छर फिँजाउने गर्दछ भने यसले ज‍डीलाई बोलाउनका लागि ठूलो स्वर निकाल्ने गर्दछ। यी पन्छीहरूले न्युजील्याण्डमा मात्र प्रजनन गर्ने गर्दछन्। यो पन्छीको मुख्य आहारा भनेको अन्य चराको अण्डा र किराहरू हुन्। यस पन्छीले अन्य चराको गुँडमा गई अण्डा पार्ने गर्दछ।

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू