घुँगीफोर गरुड (वैज्ञानिक नाम: Anastomus oscitans) नेपालमा पाइने एक प्रकारको चराको नाम हो । नेपालको तराई क्षेत्रमा पानीको छेउछाउ वस्न रुचाउने लोपोन्मुख जातको चरा | यसको प्रमुख आहार शङ्खेकिरा (घुङ्गी) भएकोले यसको नाम घुङ्गीफोर रहन गएको हो ।
घुँगीफोर गरुडको उभिँदा उचाई ६८ तथा लम्बाई ८१ सेन्टिमिटर हुन्छ ।[२] यो चराको ठुँडो खैरो-पहेँलो रङ्गको, लामो तथा केही फट्टिएको हुन्छ। यसको शरिरको माथिल्लो तथा अगाडीको भाग सेतो र पँखेटा तथा पछाडीको भाग कालो रङ्गको हुन्छ। घुँगीफोर गरुडको रङ्ग र बनावट लगभग सेतो गरुड जस्तै हुन्छ।
घुँगीफोर गरुड नेपाल, भारत, बङ्गलादेश, म्यानमार, थाइल्याण्ड तथा कम्बोडियामा ब्यापक मात्रामा तथा पाकिस्तानको सिन्ध र पञ्जाब क्षेत्रमा केही मात्रामा पाइन्छ। यो चराहरू सिमसार क्षेत्र, तालतलैया तथा नदीको आसपास क्षेत्रमा बसोबास गर्ने गर्छन।