dcsimg
Image of Common Nettle
Life » » Plants » » Dicotyledons » » Nettle Family »

Common Nettle

Urtica dioica L.

सिस्नो ( Nepali )

provided by wikipedia emerging languages

सिस्नो अङ्ग्नेजीमा नेटल(Stinging nettle) भनेर चिनिने यो वनस्पति नेपालको मध्य पहाडी क्षेत्र तथा उपत्यकामा पाइने अट्रिक्यसी परिवारको पोल्ने झार हो । यसमा औषधिय गुण रहेको हुन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ जस्तो झुसमा हुने फर्मिक अम्ल(Formic acid)ले पोल्ने(जलन) र हिस्टामाइन(Histamine)ले सुन्निने भएकोले पीडादायक हुन्छ तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् । यसको सोहि दुर्गुणको कारण पहिले पहिले यातना दिन तथा सजाय दिन यसको प्रयोग गरिन्थ्यो ।

यसमा हुने भिटामिन ए,भिटामिन सी, भिटामिन डी लौहतत्व (Iron), पोटासियम, म्यागानिज, क्याल्सियम जस्ता पौष्टिक पदार्थको कारण उत्तरी तथा पूर्वी युरोपमा यसको झोल (Nettle soup) लामो समय देखि प्रचलित रहेको छ। यसमा २५% सम्म् प्रोटिन हुन्छ त्यसैले यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो। यो अति मुल्यवान 'गउडा चीज'(Gouda) र यार्ग (Yarg)मा स्वादको लागि प्रयोग गरिन्छ।नेपाल को पहाडी क्षेत्र मा जनसङ्ख्या को बृद्दि तथा अन्य झारहरूको प्रसारले सिस्नो पहिले जस्तो जता ततै पाईदैन|

भांग्रे सिस्नु

license
cc-by-sa-3.0
copyright
विकिपेडिया लेखक र सम्पादकहरू